कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • छाला रोग तथाकुष्ठरोग नियन्त्रणका लागि आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीतितयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने छाला रोग तथाकुष्ठरोगसम्बन्धी उपचारात्मक सेवाहरुका लागि आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका तयार एवम् गुणस्तर निर्धारण गर्ने ।
  • छाला रोग तथाकुष्ठरोग सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
  • प्रदेश र स्थानीय तहलाई रोग नियन्त्रणका तथा कुष्ठरोगप्रभावितहरुकोसामाजिकपुनर्स्थापनाका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • कुष्ठरोगप्रभावितहरुकोसामाजिकपुनर्स्थापना तथा व्यवस्थापनका लागि सहयोग गर्ने ।
  • छाला रोग तथाकुष्ठ रोग सम्बधी तालिम तथा अनुसन्धानात्मक कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • छाला रोग तथाकुष्ठरोग नियन्त्रणसम्बन्धी औषधि,उपकरण तथा औजारहरुको खरिद आपूर्ती तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • छाला रोग तथाकुष्ठरोगनियन्त्रण सम्बन्धीसुचना व्यवस्थापन तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने । ।
  • छाला रोग तथाकुष्ठ रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापन सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीतितथा रणनीतितयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनकाप लागि आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका तयार एवम् गुणस्तर निर्धारण गर्ने
  • प्रदेश र स्थानीय तहमा चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनसम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनसम्बन्धीविशिष्ट किसिमका औषधि,उपकरण तथा औजारहरुको खरिद आपूर्ती तथा व्यवस्थापनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घटना तथा अपांगतान्यूनिकरणका लागि संघीय स्तरमा सम्बद्द निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगता व्यवस्थापन सेवा प्रवाह तथा व्यवस्थापनसम्बन्धीसूचना व्यवस्थापन, तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगताभएकाहरुकोपुनर्स्थापना तथा व्यवस्थापनका लागि सहयोग तथा समन्वय गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगता सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स, अनुसन्धान तथा नियमन सम्बन्धी कार्य गर्ने ।
  • अन्य सरकारी वा गैह्र सरकारी संघ संस्थाहरुसँगको समन्वयमा चोटपटक एवं दुर्घटनाका घाइतेहरु व्यवस्थापन तथा अपांगताभएकाहरुकोहेरचाह र सहयोग सम्बन्धी कार्यहरुमा सहयोग र सहजिकरण गर्ने ।