आई.ई.एन.टि तथा ओरल हेल्थ शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • आँखास्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • इ. एन. टी.स्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • ओरल हेल्थसम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड, प्रोटोकल तथा मार्गदर्शन निर्माणको कार्यमा सहजिकरण गर्ने ।
  • आँखा, इ एन टी तथा ओरल हेल्थसेवाको प्रभावकारीताको मूल्यांकन गरी निरन्तर सुधारका लागी सबै तहसंग समन्वय तथा पृष्ठपोषण गर्ने ।
  • आँखा, इ एन टी तथा ओरल हेल्थसेवालाइ समग्र स्वास्थ्य सेवासँग एकीकृत गर्दे लैजान आवश्यक समन्वय तथा सहजीकरण गर्ने
  • आँखा, इ एन टी तथा ओरल हेल्थ सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्ने, गराउने ।