आपूर्ती व्यवस्थापन शाखा


शाख प्रमुख : डा. सुरेन्द्र प्रसाद चौरसिया

वेबसाईट: http://dohslmd.gov.np

यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, नीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् specification bank तयार तथा अध्यावधिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • खोप तथा परिवार नियोजनका साधन जस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्ति गर्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सूचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • विभाग अन्तरगतका निकायहरुमा आवश्यक समाग्रीको व्यवस्थापन गर्ने ।