इन.सी.डि तथा मानसिक स्वास्थ्य शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • क्यान्सर, दम लगायतका नसर्ने रोगहरुको व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीतितयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरु रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक मापदण्ड, प्रोटोकल तथा निर्देशिका निर्माण एवम् गुणस्तर निर्धारण गर्ने ।
  • प्रदेश र स्थानीय तहमा नसर्ने रोगहरुको रोकथाम उपचार तथा व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • नसर्ने रोगहरु रोकथामका लागि स्वस्थ्य जीवनशैली प्रबर्दन तथा ब्यवहार परिवर्तन सम्बन्धमा योजना तथा कार्यान्वयनका लागि समन्वय गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटुरोग, दम लगायतका नसर्न रोगहरुसम्बन्धी औषधि,उपकरण तथा औजारहरुको आपूर्ती व्यवस्थपनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरुको सूचना व्यवस्थापन सम्बन्धी तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • क्यान्सर, मधुमेह, मुटूरोग, दम लगायतका नसर्ने रोगहरुसम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीतितयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा उपचार सेवा सम्बन्धी  आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका निर्माण तथा गुणस्तर निर्धारण गर्ने ।
  • प्रदेश र स्थानीय तहमा मानसिक स्वास्थ्य समस्याहरुको रोकथाम, रोगको उपचार तथा व्यवस्थापनको लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी तालिम तथा अनुसन्धानात्मक कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धीविशिष्ट किसिमका औषधि,उपकरण तथा औजारहरुको खरिद आपूर्ती तथा व्यवस्थापनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • मानसिक स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापनसम्बन्धीसूचना व्यवस्थापन तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • मानसिक स्वास्थ्य समस्याबाट पिडितहरुकोसामाजिकपुनर्स्थापना तथा व्यवस्थापनका लागि सहयोग तथा समन्वय गर्ने ।
  • मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।