जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • रेबिज, सर्पदंश लगायतका जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका लागि राष्ट्रिय कानून, नीति, रणनीति, निर्देशिकातयार गर्न सहयोग गर्ने
  • जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि क्षमता विकासका लागि सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुकोनिदान, उपचार लगायत रोग व्यवस्थापनका लागि आवश्यक
  • प्राविधिक जनशक्ति विकासका लागि समन्वय तथा सहयोग गर्ने ।
  • जूनोटिक रोगहरुकोरोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापनका प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • जूनोटिक रोगहरुको सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • जूनोटिक रोगहरुकोसम्बन्धी अध्ययन, अनुसन्धान कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • Anti-rabies Vaccine तथा Anti-snake Venom Serumलगायत जूनोटिक रोगहरुको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको आपूर्ति तथा समुचित ब्यवस्थापनका लागि समन्वय र सहजिकरण गर्ने ।
  • जूनोटिक रोगहरुकोसम्बन्धीसुचना व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
  • जूनोटिक रोगहरुको सरुवा रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षणतथासर्भिलेन्स सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।