नर्सिङ क्षमता विकास शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागि मापदण्ड तथा प्रोटोकल निर्धारण र नियमन गर्न सहजीकरण गर्ने
  • गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक कानुन, मापदण्ड, निर्देशिका जारी गर्न सहजीकरण गर्ने
  • बैकल्पिक चिकित्सा क्षेत्रमा कार्यरत नर्सिङ सेवाको गुणस्तर मापदण्ड निर्धारण गरि क्षमता अभिवृद्धि गर्ने
  • विशिष्टीकृत नर्सिङ सेवासम्बन्धिनीति नियम, मापदण्डनिर्धारणका लागि समन्वय तथा सहजीकरण गर्ने  
  • स्वास्थ्य सेवा सम्बन्धी नीति,रणनीति तथा मापदण्ड निर्धारण गर्न सहयोग गर्ने ।
  • जनरल तथा विशिष्टीकृत नर्सिङ शिक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्न अध्ययन अनुसन्धान मुलक कार्य गर्ने ।
  • सामुदायीक नर्सिङ तथा मिडवाईफ्री शिक्षा र सेवाको गुणस्तर अविबृद्धि गर्न अध्ययन अनुसन्धानमुलक कार्यमा सहजीकरण गर्ने ।
  • बिधालय स्वास्थ्य जस्ता नवीनतम बिधाहरुमा नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • समुदायीक नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • मिडवाईफ्री शिक्षा तथा सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाईफ्री मानव संसाधन को योजना, क्षमता अभिबृद्धि, विकास र ब्यबस्थापन मा समन्वय र सहयोग गर्ने ।
  • पब्लिक हेल्थ नर्सिङ तथा मिडवाईफ्री सेवाको प्रोटोकल निर्माण र निर्धारण गर्ने ।