बाल स्वास्थ्य तथा खोप शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • खोप तथा बालस्वास्थ्य सम्बन्धि राष्ट्रिय नीति, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा खोप तथा खोपजन्य सामग्री आपूर्ति तथा वितरण योजना तयार गर्ने ।
  • नयां खोपहरुलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने ।
  • खोप तथा बाल स्वास्थ्य अवस्थाको विश्लेषण गरि राष्ट्रियस्तरको नीति निर्माणमा प्राविधीक सहयोग गर्ने ।
  • राष्ट्रिय नीति तथा रणनीति अनुसार बाल स्वास्थ्य सम्बन्धि राष्ट्रियस्तरका कार्यक्रमहरु निर्माण गर्ने र प्रदेशस्तरमा कार्यान्वयनमा सहजिकरण गर्ने ।
  • प्रदेश, स्थानीय तह तथा सरोकारवालाहरुसंग प्राविधिक विषयमा समन्वय तथा सहजिकरण गर्ने ।