वातावरणीय स्वास्थ्य तथा स्वास्थ्जन्य फोहोरमैला व्यवस्थापन शाखा


संघ, प्रदेश तथा स्थानीय सरकारको कार्य जिम्मेवारी सम्बन्धमा श्री मन्त्रीपरीषदले स्वीकृत गरेको संघको कार्यबिस्तृतीकरणमा खानेपानी, खाद्द पदार्थ र हावाको गुणस्तरीयता अनुगमन तथा लेखाजोखा ढाँचा एवं गुणस्तरको मापदण्ड निर्धारण गर्ने उल्लेख भए अनुसार सो कार्य संचालन गर्न यो शाखा स्थापना गरीएको हो । यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • वातावरणिय स्वास्थ्यसम्बन्धि नीति, निर्देशिका, मार्गदर्शन, मापदण्डलगायतका दस्तवेजहरु निर्माण गर्न सहयोग तथा सहजीकरण गर्ने ।
  • खानेपानी, हावा तथा समग्र वातावरणले स्वास्थ्यमा पारेको असर सम्बन्धमा निगरानी, अध्ययन, अनुसन्धान तथा नियमनमा सहजीकरण गर्ने ।
  • स्वास्थ्य सेवाजन्य फोहरमैलाव्यवस्थापन सम्बन्धि राष्ट्रिय कानुन, नीति, नियम, मापदण्ड, प्रोटोकल तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट निस्किने फोहरमैलाको वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सहजिकरण गर्ने ।
  • संघ अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट निस्किने फोहरमैलाको वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न अनुगमन तथा नियमनका कार्यहरु गर्ने ।