वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६
नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । देश संघीय शासन प्रणालीमा गईसकेकाले संघीय संरचनाको बस्तुगत धरातलमा आधारित रहि गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहुँच पुर्याउन राज्यको दायित्व हो ।
संघीयता लागू भईसकेकाले प्रदेश सरकारहरुले पनि स्वास्थ्य सेवा लगायत सामाजिक जिम्मेवारी वहन गर्न शुरु गरे संगै नागरिकलाई सर्वससुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापित स्वास्थ्य संस्था हो । तत्कालिन अवस्थामा हुने गरेको औलो रोगको महामारी संगै नेपालमा कुनै न कुनै प्रकारले स्वास्थ्य सेवा शुरु गरेको देखिन्छ । २०३४ सालमा नेपालबाट विफर उन्मुलन भएको र तत् पश्चात स्वास्थ्य सेवा प्रदान गर्नको लागि विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु छुट्टाछुट्टै शुरु भएको देखिन्छ ।
संघीय नेपालमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना हुनु अघि वि.सं. १९९० सालमा स्वास्थ्य क्षेत्रको विभिन्न क्रियाकलापहरु समेटेर स्वास्थ्य सेवा विभागको स्थापना भएको थियो । २०११ सालमा स्वास्थ्य मन्त्रालयको स्थापना गरियो । स्वास्थ्य क्षेत्रका विभिन्न प्रकारका सेवाहरुलाई एकिकृत गरेर वि.सं. २०४४ सालमा स्वास्थ्य सेवा विभागलाई विगठन गरि सबै सेवाहरुलाई मन्त्रालयका महाशाखाको रुपमा समाहित गरियो । फेरी पछि २०५० सालमा स्वास्थ्य संरचनाहरुको फेरबदल गरि स्वास्थ्य सेवा विभागको पुनर्ठगन गरि सबै जिल्लाहरुमा जिल्ला स्वास्थ्य कार्यालयहरुको स्थापना गरियो ।