स्वास्थ्य सेवा विभागको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ
स्वास्थ्य सेवा विभागको आधिकारिक वेबसाइटमार्फत विभागसम्बन्धी जानकारी, गतिविधि तथा सेवाहरू यहाँहरूसमक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस वेबसाइटको मुख्य उद्देश्य विभागको दृष्टिकोण, संस्थागत संरचना, उद्देश्य, कार्यक्षेत्र, सञ्चालित कार्यक्रम, प्रमुख गतिविधि तथा नेपालको सार्वजनिक स्वास्थ्य र स्वास्थ्य सेवा प्रवाहसँग सम्बन्धित महत्वपूर्ण तथा अद्यावधिक जानकारी सहज रूपमा उपलब्ध गराउनु हो।
स्वास्थ्यसम्बन्धी जानकारी खोज्ने आम नागरिक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, सरोकारवाला संस्था तथा विकास साझेदारहरूका लागि यस वेबसाइटलाई विश्वसनीय, उपयोगी र जीवन्त सूचना स्रोतका रूपमा विकास गर्ने हाम्रो प्रयास रहेको छ। वेबसाइटमार्फत विभागका प्रकाशन, सूचना, समाचार, निर्देशिका, प्रतिवेदन तथा सञ्चार सामग्रीहरू नियमित रूपमा उपलब्ध गराउँदै सूचना प्रवाहमा पारदर्शिता, सहज पहुँच र उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
हामी यस वेबसाइटलाई थप जानकारीमूलक, प्रयोगमैत्री, व्यवस्थित र अन्तरक्रियात्मक बनाउँदै लैजान प्रतिबद्ध छौं। वेबसाइटलाई अझ प्रभावकारी बनाउन यहाँहरूको रचनात्मक सुझाव तथा प्रतिक्रिया हाम्रो लागि महत्वपूर्ण छन्। कुनै सुझाव, जिज्ञासा वा प्रतिक्रिया भएमा कृपया वेबसाइटको प्रतिक्रिया (Feedback) सेक्सनमार्फत हामीलाई जानकारी गराउनुहुन अनुरोध गर्दछौं।
स्वास्थ्य सेवा विभागको वेबसाइट अवलोकन गर्नुभएकोमा हार्दिक धन्यवाद।
डा. कृष्ण प्रसाद पौडेल
निमित्त महानिर्देशक
स्वास्थ्य सेवा विभाग (DoHS)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल