अस्पताल सेवा अनुगमन तथा सुदृढिकरण शाखा


यस शाखाको कार्यविबरण निम्नानुसार छ:

  • अस्पताल सेवा सुदृढिकरण सम्बन्धि कानुन, नीति, मार्गदर्शन, गुणस्तरमापदण्डतथा प्रोटोकल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • निजि तथा सरकारी अस्पताल विचको सहकार्यलाई सुदृढ गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक कानुन, नीति, रणनीति, मापदण्ड निर्माण तथा कार्यान्वयन र नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • विषेशज्ञ तथा तृतिय तहका अस्पतालहरुको अनुमति, दर्ता, नविकरण, स्तरउन्नती तथा नियमन सम्बन्धि कार्यहरुका लागि सहजिकरण गर्ने ।
  • निजी तथा गैरसरकारी अस्पताल, नर्सिङ्ग होम, क्लिनिक, पोली क्लिनिक दर्तासिफारिस तथा अनुगमन सम्बन्धि राष्ट्रिय नीति नियम, मापदण्ड तथा मार्गदर्शन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • अस्पताल सेवाको उच्चतम् गुणस्तर सुनिश्चिताका लागि निरन्तर अनुगमन र निरिक्षण गर्ने ।
  • स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिरणहरूको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप गर्न सहयोग गर्ने ।
  • दुरचिकित्सा (Telemedicine)सेवा पद्दतिको विकास र संस्थागत गर्नका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य पर्यटनलाई विकास तथा संस्थागत गर्न कानुन, नीति, रणनीति, मापदण्ड, प्रोटोकल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रियस्तरका अस्पतालहरुलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा विकास तथा व्यवस्थापन गर्नमा सहयोग गर्ने ।
  • स्तरीय उपचार प्रोटोकल तयार पार्ने ।
  • अत्याबश्यकीय औषधीको सुची तयार पार्ने तथा अवश्यकता अनुसार परीमार्जन गर्ने
  • बिभिन्न अस्पताल फार्मेशी एवं स्वास्थ्य संस्थामा हुने औषधीको प्रयोग सम्बन्धी अध्ययन तथा अनुगमन गर्ने ।
  • प्रतिजैवीक औषधी प्रयोग र प्रतिरोग नियन्त्रण वारेमा मापदण्ड तयार गर्ने ।
  • औषधीको समुचीत प्रयोग प्रर्बधनका लागि बिभिन्न तहका स्वास्थ्यकर्मीकालागि तालिम सामाग्री तयार पारी तालीम संचालन कार्यमा सहयोग गर्ने, आदी ।